Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

ल्यापटप वा डेस्कटपमा ह्वाटसएप च्याट हाइड गर्ने तरिका


ह्वाट्सएप डेस्कटप च्याट हाइडले तपाईँलाई काम गर्ने ठाउँमा काम गर्न सजिलो बनाउँछ । यो विधिबाट छेउछाउका मानिसले च्याटमा के गरिरहेको स्पष्ट बुझ्न पाउने छैनन् ।

यसका लागि केही सरल विधि अपनाउनु पर्ने हुन्छ ।

ह्वाट्सएपमा तपाइँका निजी च्याट अरूले पढ्न नपाउने गरी यसलाई लुकाउने विधि ह्वाट्सएप डेस्कटप च्याट हाइड हो ।
यसका लागि गुगल क्रोम एक्सटेन्सनको उपयोग गर्नुपर्छ । यो विधिले च्याट ब्लर वा धमिलो देखिन पुग्छ ।

गुगल क्रोम एक्सटेन्सनको उपयोग
सबैभन्दा पहिले गुगल क्रोममा ह्वाट्सएप एक्सटेन्सन सर्च गर्न ब्राउजरमा जानुपर्छ । त्यसमा प्राइभेसी एक्सटेन्स फर ह्वाट्सएप वेब सर्च गर्नुपर्छ ।
त्यसपछि यो क्रोम एक्सटेन्सनलाई क्रोम वेब स्टोरबाट गुगल क्रोम ब्राउजरमा एड गर्नुपर्छ । यसका लागि माथि लेखिएको एड टु क्रोम बटन थिच्नुपर्छ ।
यसरी एक्सटेन्सन डाउनलोड भएर क्रोम ब्राउजरमा एड हुन जान्छ । अब यो क्रोम ब्राउजरलाई बन्द गरी फेरि ओपन गर्नुपर्छ । आफ्नो अकाउन्ट ह्वाट्सएप वेबमा लग इन गर्नुपर्छ ।
ह्वाट्सएप वेबमा फेरि लग इन गरेपछि मात्र कन्ट्याक्ट्सका नाम देखिन्छ । तिनका द्वारा पठाइएका च्याट ब्लर वा धमिलो देखिन्छ । म्यासेज पढ्नका लागि च्याटमा गएर माउस कर्सर राख्नुपर्ने हुन्छ । मन लागे यही सेटिङको उही पेजमा रिमुभ गर्न सकिन्छ ।

 


क्याटेगोरी : रोचक, विज्ञान, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट