Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

पूर्व गृहमन्त्री बालकृष्ण खाँण जिल्ला प्रहरी परिसर ल्याइए


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।

प्रहरीले सो प्रकरणमा अनुसन्धानका लागि खाँणलाई उनकै निवासबाट नियन्त्रणमा लिई प्रहरी परिसर ल्याइएको प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी सार्वजनिक गरेका हुन् ।

बुधबारै खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । रायमाझीलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहिआएका छन् ।

खाँण पक्राउ परेसँगै नकली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

 

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट