Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

फरार एमाले सचिव टोपबहादुर रायमाझी पार्टीद्वारा निलम्बित


काठमाडौं । नकली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पार्टीको सचिव पदबाट निलम्बित भएका छन् ।

बुधबार एमालेले एक विज्ञप्ति जारी गरी यसको जानकारी दिएको हो ।

मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।तर , गत बिहीबारदेखि गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएयता रायमाझी बेपत्ता भएका हुन् ।

पार्टीले जारी गरेको विज्ञपितमा भनिएको छ “राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर एमाले पार्टीले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारवाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको छ ”

महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ “राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भिरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।”

निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि रायमाझीको विषयमा निर्णय लिन एमालेमाथि दबाब पर्दै आएको छ ।

 

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट