Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

जिउँदो शहीद मुकेश कायस्थ्यप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते जिउँदो शहीद मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन् । कायस्थको उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भने “दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।”

मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो शहीदका रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको बेला उनी १४ वर्षका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट