Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

वैदेशिक रोजगारका कामदार भर्ना सूचना पत्रपत्रिकामा प्रकाशित गर्नु नपर्ने सरकारको प्रस्ताव


काठमाडौं । सरकारले वैदेशिक रोजगारका कामदार भर्तीका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रपत्रिकामा प्रकाशित गर्नु नपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त गरेपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिइ आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने उल्लेख गरिएको छ ।

सोही दिन विज्ञापन प्रकाशित भएको जानकारीे वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव पनि गरिएको छ ।

हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट