Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

शरणार्थी प्रकरण गिरोहका सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा बिहीबार उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको उनले जनाए ।

मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भएपनि अनुसन्धान प्रक्रियालाई ट्ङ्गोमा पु¥याउने बताए ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट