Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

यो वर्ष रासायनिक मल अभाव नहुने


काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सचिव शर्माले यस्तो बताएका हुन् । उनले किसानका लागि आवश्यक मल किन्न मन्त्रालयले खरिद सम्झौता गरिसकेको बताए। उनले रासायनिक मल किन्नका लागि अर्को वर्षमा दायित्व सिर्जना हुने गरी मन्त्रालयको दुई अर्ब ४० करोड र अर्थ मन्त्रालयको दुई अर्ब ६० करोड गरी पाँच अर्ब ७० करोड रुपैयाँ बराबरको मल किन्न लागेको बताए ।

सचिव शर्माले यो वर्ष अहिलेसम्मकै धेरै चार लाख ७२ हजार मेट्रिक टन रासायनिक मल किन्न टेन्डर निकालेको बताए । उनले अब ५५ हजार मेट्रिक टनको खरिद सम्झौता हुन रहेको बताए । सरकारसँग अहिले रासायनिक मलको मौज्दात कृषि सामग्री कम्पनीसँग ४३ हजार छ सय ७७ र साल्ट ट्रेडिङमा १६ हजार पाँच सय ८२ मेट्रिक टन रहेको उनको भनाइ छ । विगतका वर्षहरूमा भन्दा यो वर्ष रासायनिक मलमा सहज अवस्थामा रहेको उनले दाबी गरे ।

सचिव शर्माले आफूहरूले अर्थ मन्त्रालयले पाँच प्रतिशत बजेट कृषि मन्त्रालयलाई छुट्याउनुपर्ने माग गरेको पनि उल्लेख गरे । उनले सरकारले कृषि मन्त्रालयका लागि बजेट र प्राविधिक कर्मचारी बढाउनुपर्ने बताए । मन्त्रालयअन्तर्गतका धेरै जनशक्ति घटेको भन्दै सरकारले जनशक्ति समयमा नै पदपूर्ति नगर्ने हो भने ठूलो खाडल देखिने उनले बताए ।

 


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट