Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

चितवन राष्ट्रिय निकुञ्जमा २ दिनमा २ वटा गैँडा मृत भेटिए


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृत अववस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौरहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृत अवस्थामा भेटिएको हो । भाले गैँडा दुई वर्ष छ महिनाको रहेको उनले जानकारी दिए ।

उनका अनुसार दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए।

न्यौपानेका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैँडाको सङ्ख्या १८ पुगेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट