Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो


रोल्पा, २९ वैशाख । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा १ त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो ।

लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट