Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

महोत्तरीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते


महोत्तरी, २९ वैशाख । जनकपुरस्थित लेनदेन (मिटरब्याज) पीडित आयोगमा निवेदन दर्ता गराउने क्रममा महोत्तरीका पाँच जना घाइते भएका छन् । बिहीबार बेलुकी जलेश्वरबाट जनकपुरतर्फ जाने क्रममा क्रममा उनीहरू चढेको अटो दुर्घटनामा परेको थियो।

जीपले पछाडिबाट ठक्कर दिँदा अतर कुमारी,लिला सिंह,सिकिल्या देवी, रन्ची देवी र अमिरका देवी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जनकपुरस्थित वैदेही अस्पतालमा उपचार भइरहेको मिटरब्याज पीडित संघर्ष समितिका अजय कार्कीले बताए । उनीहरू जिल्ला प्रशासन कार्यालयबाट उजुरी सिफारिस गरि निवदेन दर्ता गराउन जनकपुरस्थित आयोगको कार्यालयमा जाने क्रममा दुर्घटनामा परेको कार्कीले बताएका छन् । घाइतेमध्ये दुईजना गम्भीर अवस्थामा छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले बताए ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट