Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

मोरङको राठी म्यानुफ्याक्चर उद्योगमा लागेको आगो नियन्त्रणमा


विराटनगर, २९ वैशाख । मोरङको राठी म्यानुफ्याक्चर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।​

बूढीगङ्गा ५ स्थित राठी उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान छ ।

मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

 


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट