Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु, केही सदस्य अस्वस्थ


काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु भएको छ ।

सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको नेपाली सेनाले जनाएको छ । उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सगरमाथाको आरोहण गरी फर्कने क्रममा टोलीका केही सदस्य समेत अस्वस्थ बनेका छन् । सहसेनानी दिपेन्द्रसिंह खत्रीलगायत अस्वस्थ बनेका हुन् । खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प–२ सम्म ल्याइ त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याएको छ ।

यस्तै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । केही दिनयता टोलीमा संलग्न १० जनाको टोलीले सगरमाथाको आरोहण गरेको थियो ।

 

 

 

 


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट