Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

हात्ती प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिए


चितवन, ५ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका छन् । निकुञ्जमा विसं २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्र खोरसोरमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका हुन् ।

खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएका एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटप्पुबाट तीन वटा हात्ती ल्याइएको उनले बताए ।

त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेका उनले बताए । निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा वृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेका उनले बताए ।

उनले भने, ‘खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती यहाँ छन् ।’ यहाँ रहेका हात्तीमध्ये ३२ वटा भाले र २३ वटा पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट