Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गयो


अर्घाखाँची, ५ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गएको छ । पोलबाट खसेर अर्का एक घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर राना पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्का घाइते किरन रानाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताए ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट