Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये आठ जना आइसोलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै २४ घण्टामा २८ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट