Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

बुद्ध एअरले मुसा निकालेर जहाज जनकपुरबाट काठमाण्डौ ल्यायो


काठमाण्डौं, ७ जेठ । बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।

हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ । मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुईरतीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टोलीले जहाजलाई काठमाण्डौ ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।

बुद्ध एअरलाइन्सले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी बन्द गर्न पनि आग्रह गरेको छ । हिजो काठमाण्डौ उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि त्यो जहाजलाई जनकपुरमै ग्राउन्डेड गरेर अर्को जहाजले यात्रु काठमाण्डौ ल्याएको थियो ।


क्याटेगोरी : पर्यटन, प्रदेश, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट