Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध


चितवन, ८ जेठ । सुख्खा पहिरो खस्दा आज दिउँसो साढे २ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ को तुइनभिर नजिकै ३ नं पुलमा सुख्खा पहिरो खसेको थियो । पहिरो खस्ने क्रम नरोकिएकाले यातायात र मानिस हिँड्नलाई समेत रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अवरुद्ध बाटो खोल्नका लागि प्रहरी र सडक डिभिजन कार्यालयबाट परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय पण्डितले जानकारी दिए । । पुनःनिर्माणको लागि सो स्थानमा पहाड काटिएको थियो । एक महिनादेखि पहाड काट्ने काम रोकिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #road

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट