Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

सप्तरीमा करेन्ट लागेर १ जनाको मृत्यु, २ जना घाइते


सप्तरी । सप्तरीमा आज मङ्गलवार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका वडा नम्बर ६ का २५ वर्षका जवाहर मण्डलेको आफ्नै घर छाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । जवाहर छुटाउन गएका उनकै काका ५१ वर्षका उमेश मण्डल घाइते भएको र अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा पनि करेन्ट लागेर एक जना घाइते भएका छन् । बारीमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर कुमार थापा घाइते भएको र अहिले उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट