Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

गर्भवती महिलाको मृत्यु भएपछि सिन्धुली अस्पतालमा तोडफोड, बिपी राजमार्ग अवरोध


सिन्धुली, १० जेठ । गर्भवती महीलाको मृत्यु भएको विषयलाई लिएर आक्रोशित भिडले आज पनि सिन्धुली अस्पतालमा तोडफोड गरेका छन्। बिहानैदेखि जम्मा भएको आक्रोशित भिडले अस्पतामा ढुंगामुढा गरेका हुन्। दोषी डाक्टरमाथि कारबाही हुनु पर्ने, पिडितले क्षतिपुर्ति पाउनु पर्ने माग छ। आक्रोशित भिडले बिपी राजमार्गसमेत अवरोध गरेका छन्।

अवरोधका कारण सिन्धुलीबाट बर्दिवास तथा काठमाडौं जाने आउने सवारी साधन रोकिएका छन्। हिजो आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गर्दा एक जना प्रहरी निरीक्षक घाइते भएका थिए। पिडित पक्षले सडकमा टायर बालेर सिन्धुलीमढी तथा विपी राजमार्ग अवरोध गरेका हुन्। मंगलबार बिहान ११ बजे प्रसुति गराउन आएकी कमलामाई नगरपालिका ५ सिलामेकी २९ वर्षीया गंगा सुनुवार श्रेष्ठलई डाक्टरले सुइ लगाइदिँदा बेहोस भएर मृत्यु भएको पिडित पक्षको आरोप छ।

यस विषयमा अस्पताल प्रशासनले बोल्न चाहेको छैन। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले पिडित पक्ष, अस्पताल प्रशासन र सुरक्षा निकायबीत वार्ता जारी रहेको जनाएका छन्।

घटनाका विषयमा छानविन गर्न समिति गठन गर्ने, पिडित पक्षलाई क्षतिपूर्ति दिने विषयमा छलफल भएको उनको भनार्इ छ। राजमार्ग खुलाउने विषयमा पहल भइरहेको उनले बताए। प्रहरीले अस्पतालमा तोडफोड नगर्न र संयमितता अपनाउन आग्रह गरेको छ। अस्पताल र राजमार्गमा नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ।


क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट