Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

नक्कली शरणार्थी प्रकरण : काठमाडौं जिल्ला अदालतमा आजबाट बयान लिइने


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरूको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ । मिसिल र मुद्दाको प्रकृति, प्रतिवादीको संख्या समेतका हिसावले उक्त मुद्दाको पुर्पक्षको लागि थुनामा राख्ने वा छाड्ने भनेर प्रारंभिक बयान लिन नै धेरै समय लाग्ने भएको हो ।

मुद्दाको प्रकृति अनुसार २ बर्ष वा सो भन्दा बढी बैस सजाय र २ लाख रुपैंया भन्दा बढी सजायँ हुनसक्ने खालको फौज्दारी मुद्दाका अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणको आधारमा पूर्पक्षको लागि थुनामै पठाउनु पर्ने कानूनी ब्यवस्था विद्यमान रहेको देखिन्छ ।

कसुरको प्रकृति र सजायको मागदावी हेर्दा अहिले उक्त प्रकरणमा नाम जोडिएकाहरु सवै थुनामा जानसक्ने प्रवल सम्भाना छ ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट