दक्षिण अमेरिकी कम्युनिस्ट पार्टीद्वारा अमेरिकी हस्तक्षेपको विरोध

दक्षिण अमेरिकी कम्युनिस्ट पार्टीद्वारा अमेरिकी हस्तक्षेपको विरोध

दक्षिण अमेरिकी देशका कम्युनिस्ट पार्टीहरूले संयुक्त रूपमा भेनेजुएली जनताका विरूद्ध अमेरिकाले गरेको हस्तक्षेपको विरोध गरेका छन् ।

 

 उनीहरूले अमेरिकी हस्तक्षेपलाई यान्की साम्राज्यवादी हस्तक्षेप भएको बताएका छन् । विश्वभरिका जनतासँग भेनेजुएलाको पक्षमा र अमेरिकी हस्तक्षेपको विरोधमा उभिन उनीहरूले आग्रह गरेका छन् ।

 

संयुक्तरूपमा भेनेजुएलामाथि भएको हस्तक्षेपको विरोधमा वक्तव्य निकाल्ने कम्युनिस्ट पार्टीहरूमा कम्युनिस्ट पार्टी अफ इक्वेडर, रेड सन पेरु पिपुल्स मुभमेन्ट रिअगनाइजेसन कमिटी, कम्युनिस्ट पार्टी अफ ब्राजिल रेडफ््रयाक्सन, रेड फ््रयाक्सन अफ द कम्युनिस्ट पार्टी अफ चिली, न्युक्लियस फर द रि कन्स्टिटयुशन अफ द कम्युनिस्ट पार्टी अफ कोलम्बिया रहेका छन् ।

 

यसका साथै आबद्ध अन्य कम्युनिस्ट पार्टीमा बिल्डिंग कमिटी अफ द माओइस्टि कम्युनिस्ट पार्टी अफ गलिजा, कमिटी रेड फ्ल्याग एफआरजी र माओइस्टि कम्युनिस्ट पार्टी इटालिया रहेका छन् ।