बारामा एक र पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, १७ वैशाख । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।
प्रतिक्रिया