नेकपाको विवादले जनता निराश : महरा 

 नेकपाको विवादले जनता निराश : महरा 

काठमाडौं, १७ वैशाख ।  पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढुन पर्ने बताएका छन् । 

सत्तारुढ नेकपा भित्र देखिएको पछिल्लो राजनीतिक गतिरोधलाई संकेत गर्दे महराले कोरोनाले विश्व नै आक्रान्त भई नेपालसमेत प्रभावित भइरहेका बेला राष्ट्रिय एकता अपरिहार्य भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

उनले मुलुक अहिले आर्थिक धराशायी अवस्थामा पुगेको भन्दै मुलुकको सबैभन्दा ठूलो दल नेकपा भित्र देखिएको विवादले नेपाली जनता निराश भएको उल्लेख गर्दै यो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिएकाले यसलाई राम्रो मान्न नसकिने उल्लेख गरेका छन् ।