बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं । तीन दिन अघि मात्र आमा गुमाएका बलिउड कलाकार इरफान खानको आज मृत्यु भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 

गत शनिबार उनकी आमाको जयपुरमा  निधन भएको थियो। लकडाउनको कारणले उनी आमाको श्रद्धाञ्जलिमा समेत उपस्थित हुन पाएका थिएनन् । उनले आमाको समवेदना भिडियो कन्फ्रेन्सबाट जनाएका थिए । 

उनले अस्कर जित्न सफल स्लमडग मिलिनियरमा अभिनय गरेका थिए । उनी बलिउड तथा हलिउड दुवैमा सफल अभिनेता मानिन्छन् । उनी कलाकारिता क्षेत्रमा १९८८ सालदेखि निरन्तर लागिरहेका थिए । उनका वलिउड तथा हलिउडका सुपुरहिट फिल्म बिल्लु, पानसिङ तोमार, ज्युरासिक पार्क, लाइफ अफ पाई, द लञ्च बक्स, स्लमडग मिलिनियर लगायत दर्जनौं रहेका छन् ।