नेकपा सचिवालय बैठक जारी (अपडेट)
काठमाडौं, १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् ।
आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीको बैठक बोलाउने पक्षमा छैनन् ।
दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको बेला बैठक बसेकोले चासोपूर्वक हेरिएको छ ।
प्रतिक्रिया