नेकपा सचिवालय बैठक २० गते बस्नेगरी सकियो 

नेकपा सचिवालय बैठक २० गते बस्नेगरी सकियो 

काठमाडौं, १७ वैशाख ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका बैठक सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । 

 २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकपछि उनले भनेका छन्, आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ ।’