चीनले ‘फेरि जित्न नदिन’मा लागेको भन्दै ‘सके सबै गर्ने’ टम्पको घोषणा

चीनले ‘फेरि जित्न नदिन’मा लागेको भन्दै ‘सके सबै गर्ने’ टम्पको घोषणा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फेरि चुनाव जित्न नदिने षडयन्त्रमा चीन लागेको बताएको छन् ।

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । त्यस चुनावमा आफूलाई फेरि जित्न नपाउने हरेक प्रयास चीनले गर्न सक्ने आफ्नो विश्वास भएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

चीनमा पहिलो पटक देखा परेको कोरोनाभाइरसबाट अमेरिकामा हालसम्म ६० हजार अमेरिकीको ज्यान गइसकेको छ ।

अमेरिकी राष्ट्रपति पदको आगामी चुनवामा उनको प्रतिस्पर्धी पाटी डेमोक्रेट्सबाट पूर्व राष्ट्रपति जो बिडेन मनोनित हुने भएका छन् । 

राष्ट्रपति ट्रम्पले रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा चीनले आफूलाई फेरि चुनाव जित्न नदिने षडयन्त्रमा लागेको बताएका छन् ।

ट्रम्पले हालका सातामा चीन विरूद्ध शब्दवाण निरन्तर प्रहार गर्दै आएको देखिएका छन् । कोरोनाभाइरसको बारेमा जानकारी लुकाएको आरोप ट्रम्प लगाउँदै आएकाछन् ।

चीनलाई तह लगाउन भन्सार महशुल थप्ने लगायतका कस्ता उपाय अपनाउनु  गर्नु हुन्छ भनी सोधिएको प्रश्नको जवाफमा ट्रम्पले आफूले पनि गर्न सक्ने सबै गर्ने बताए ।