चीन र इटलीको भन्दा फरक खाले ‘अज्ञात कोरोना’ फ्रान्समा
काठमाडौ । फ्रान्समा इटली र चीनको भन्दा फरक खाले ‘अज्ञात कोरोना’ पहिले देखि गुप्ततवरले विस्तारै डुलिरहेको एक नयाँ अध्ययनबाट थाहा भएको छ ।
चीन र इटलीबाट आएको हुन सक्ने कोरोनाभाइरस कोभिड–१९का लागि फ्रान्स सरकारले जेजति गरेको भएपनि त्यहाँ कोरोनाको अज्ञात समूहबाट स्थानीयहरू पहिलेदेखि संक्रति रही आएको सो अध्ययनले जनाएको हो ।
पेरिसमा रहेको पास्टर इन्स्टिच्युटका भाइरसविज्ञ‘भाइरोलोजिस्ट’हरूले क्रमबद्ध जीवोम वा जनोमका नमूना जनवरी २४देखि मार्च २४बीचका ९७ फ्रान्स र ३ अल्जेरियाली कोरोनाभभाइरस बिरामीबाट संकलन गरी सो अध्ययन गरेका हुन् ।
उनीहरूको अध्ययनबाट चीन वा इटलीमा भएको कोभिड–१९को भन्दा फरक खाले भाइरस समूह रहेको देखिएको हो ।
जनवरी २४ देखि मार्च २४ सम्मको अवधिमा सबै भन्दा पुरानो नमूना फेब्रुअरी १९मा एक संक्रमितबाट लिइएको थियो । त्यो व्यक्तिको विदेश भ्रमणको कुनै नयाँ विगत वृतान्त नभएको र रोग बोकी ल्याउन सक्ने कुनै सम्भावित रोगवाहकको सम्पर्क समेत नभएको देखिएको छ ।
भाइरोलोजिस्टहरूको अध्ययन प्रतिवेदनमा यो रोगीको अवस्था अध्ययन गर्दा फेब्रुअरी भन्दा पहिले देखि यो अज्ञात भाइरस फ्रान्समा डुलिरहेको निष्कर्ष निकालेका हुन् । यो अध्ययन बायोआरएकआइभी वेबसाइटमा प्रकाशित गरिएको छ।
यो तेस्रो खाले कोरोनाभाइरसको उत्पत्ति स्थल अझसम्म फेला नपरेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूको अध्ययनको सीमाले गर्दा यसको उत्पत्ति फ्रान्समै भएको भन्न नसकिने वैज्ञानिकहरूको भनाइ रहेको छ ।
पहिलो समूहको कोरोनाभाइरस फ्रान्समा फेब्रअरीको मध्यतिर देखा परेको थियो । यसबाट अहिलेसम्म १ लाख २९हजार ८५९ भन्दा बढी संक्रमित भइसकेका छन् भने यो भाइरसको समस्याले मर्नेहरूको संख्या २३ हजार ६६० नाघि सकेको छ ।
प्रतिक्रिया