बलिउड कलाकार ऋषि कपुरको निधन
काठमाडौं, १८ वैशाख । भारतीय सिने क्षेत्रका चर्चित कलाकार ऋषि कपुरको आज दुखद निधन भएको छ । ६७ बर्षीय ऋषि कपुरलाई हिजो सास फेर्न गाह्रो भएर मुम्बईको रिलायन्स हस्पिटलमा राखिएको थियो । उनलाई २०१८ मा क्यान्सर देखिएको थियो । त्यसपश्चात उनले एक वर्ष अमेरिकाको न्यूयोर्कमा बसी क्यान्सरको उपचार गरेर मुम्बई फर्केका थिए ।
ऋषि कपुर राजकपुरका छोरा हुन । उनले बलिउडमा थुप्रै चर्चित फिल्महरुमा अभिनय गरेका छन् । उनी फिल्म निर्माता पनि हुन ।
भारतमा हिजो मात्र अर्का चर्चित कलाकार इरफान खानको मृत्यु भएको थियो ।
प्रतिक्रिया