चीनले आफूलाई हराउन भूमिका खेल्ने ट्रम्पको आरोप

चीनले आफूलाई हराउन भूमिका खेल्ने ट्रम्पको आरोप

काठमाडौं, १८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हुने आगामी राष्ट्रपति निर्वाचनमा आफूलाई हराउन चाइनाले जुनसुकै कदम चाल्न पनि पछि नपर्ने बताएका छन् । चाइनाले दुई देश बीच रहेको व्यापार युद्ध सहजीकरण गर्न आफ्ना प्रतिस्पर्धी डेमोक्रयाट उम्मेद्वार जो विदेनलाई जिताउन भूमिका खेल्ने ट्रपको आरोप छ ।

कोभिड–१९ को महामारीको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङको निकै आलोचना गरिरहेका छन् । कोरोना भाइरसको कारण अमेरिकामा ६० हजारको मृत्यु भइसकेको छ र १० लाख भन्दा बढी मानिस भाइरसबाट संक्रमित छन । अमेरिकी अर्थतन्त्र यतिखेर २००८ को मन्दी पछिकै खस्कदो अवस्थामा झरिसकेको छ । 

राष्ट्रपति ट्रम्पलाई आगामी निर्वाचनसम्म आफ्नो गिर्दाे साख बचाउन धौ धौ भइरहेको बेला उनले चाइनालाई अर्काे आक्षेप लगाउन पुगेका हुन् ।

चाइनाले अहिले विश्वका अन्य देशहरुसँग बढाइरहेको सम्बन्ध चीन आफू निर्दाेष भएको देखाउनका लागि रहेको पनि उनले टिप्पणी गरिरहेका छन् । 

चुनाव नजिकिैदै जाँदा राष्ट्रपति ट्रम्प यतिबेला आफ्ना गरिकहरुलाई फकाउँदैछन् । ट्रम्पले अमेरिकी नागरिक होसियार रहेकोले आगामी निर्वाचनमा असक्षम व्यक्तिलाई कुनै पनि हालतमा जिताउने छैनन् भन्दै आफूले नै निर्वाचन जित्ने हौवा पिटिरहेका छन् ।