नेकपाका अध्यक्ष प्रचण्डलाई गाली गर्दै आएका पत्रकार दीपक पाठक पक्राउ

नेकपाका अध्यक्ष प्रचण्डलाई गाली गर्दै आएका पत्रकार दीपक पाठक पक्राउ

काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पत्रकार दीपक पाठक पक्राउ परेका छन् । 
बिहीबार बिहान उनलाई जडिबुटीबाट पक्राउ गरिएको हो । पाठकलाई विद्युतीय ऐनअन्तर्गत कारवाही गरिने जनाइएको छ ।  

पत्रकार पाठकले पछिल्लो समय अध्यक्ष दाहाललाई फेसबुक मार्फत निरन्तर गालीगलौज गर्दै आइरहेका थिए। उनले आफ्नो फेसबुक वालमा कहिले प्रचण्डलाई रोमन सम्राट निरोसँग तुलना गरेका छन् भने कहिले प्रचण्डको पेटमा १८ हजार मानव कंकाल रहेको आरोप लगाएका थिए । पाठकविरूद्ध निवेदन परेकोले उनलाई पक्राउ गरिएको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताएका छन् ।