सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, १८ वैशाख । कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । 

बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो । 

अग्रवालविरूद्ध जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले मंगलबार कालोबजारी तथा केही सार्वजनिक अपराध ऐन– ०३२  को दफा २(क), ३(१) तथा (५) मा उल्लेखित कसुरमा मुद्दा दर्ता गरेको थियो । 

कीर्गिस्तानका अवैतानिक दूत समेत रहेका अग्रवाल २५ चैतमा ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा पक्राउ परेका थिए ।