कोरोनासँगै गाँसिएको नैतिककताको प्रश्न  

कोरोनासँगै गाँसिएको नैतिककताको प्रश्न  


पद्मप्रसाद शर्मा

कसैले कल्पना नगरेको सास्ती यतिवेला विश्वले भोगिरहेको छ । यो अवस्था आउनेमा कसैले अनुमान समेत गरेको थिएन । सास्ती एकातिर छ, क्षति अर्को तर्फ छ । यस्तो खालको महामारीबाट यतिविधि ठूलो मानवीय क्षति भएको यो पहिलो पटक हो । यो क्षतिको अन्तिम संख्या भन्न सकिने अवस्था छैन । अहिले पनि विश्वका विभिन्न मुलुकमा लाखौंको संख्यामा संक्रमितहरु उपचारको क्रममा रहेको समाचार आइरहेको छ । त्यो संख्यामा कति त उच्च जोखिममा रहेको समेत भनिन्छ । सकेसम्म अव क्षति व्यहोर्नुु नपरोस भन्ने कामना गर्ने हो । हाम्रो कामना र चिकित्सकको सत्प्रयासले धानेसम्म संक्रमितको ज्यान बच्न सक्ने छ । 

विश्वव्यापी संक्रमणको कारणले सीमित स्थान र सीमित क्षेत्रलाई मात्र प्रभाव पारेको छैन । यसको प्रभाव आर्थिक, भौतिक, नैतिक,शैक्षिक हरेक क्षेत्रमा परेको छ । यसका कारणले विश्वभर उत्पादन घट्ने सम्भावना बलियो देखिन्छ । आर्थिक मन्दीले सबै क्षेत्रलाई प्रभाव पारिरहेको छ । लामो समयदेखि विद्यालय वन्द भएको कारणले सबै बालबालिकाको पढाइ प्रभावित भएको छ । यसको विकल्पमा धेरैले नयाँ प्रविधिको प्रयोग गरेका सामाचार समेत आउने गरेका छन् । कक्षा ९सम्मको परीक्षा समाप्त भएर नतिजा प्रकाशन नभएको अवस्था छ । नतिजा प्रकाशित गर्नका लागि केही विद्यालयका शिक्षकहरु सानो संख्यामा जुुटेर तयारी गरिरहेको समाचार समेत आएका छन् भने कतिपय विद्यालयको नतिजा तयारी समेत भएको छैन । बन्दावन्दीले सबै विद्यालय वन्द भएको हुनाले शिक्षकहरु समेत विद्यालय पुुग्न नसकेको देखिन्छ । लकडाउन नखुलेसम्म सहज वातावरणमा काम गर्ने अवस्था देखिदैन । वैशाख एक गतेदेखि नयाँ शैक्षिक सत्र आरम्भ हुने दिन हो । तर, आधा महिना वितिसक्दासम्म नतिजा तयार हुन सकेको छैन । नतिजा प्रकाशन नभएका कारणले विद्यार्थी अन्योलमा छन् । तत्कालका लागि यसको अर्को उपाय पनि देखिदैन । 

पाठ्यपुुस्तकको अवस्था के छ ? सहज वातावरण हुँदा त समयमा पाठ्यपुस्तक नपुुगेर सास्ती खेप्नुपर्दथ्यो । अहिले असहज अवस्थामा पाठ्यपुुस्तकको छपाइको अवस्था के छ ?  सरकारले यसका वारेमा कुनै कुरा सार्वजनिक गरेको छैन । 

पाठ्यपुस्तकहरु विक्रेता कहाँ समयमा पुुग्न सकेमात्र तत्काल विद्यार्थीइहरुले पाठ्यपुस्तक प्राप्त गर्न सक्न थिए । वातावरण सहज हुँदा पाठ्यपुुस्तक छपाई हुन नसकेर अनि ढुवानीमा ढिलाई भएर प्रथम त्रैमासिक पूरा हुँदा समेत कतै पुस्तक नपुुगेको नेपालमा यो अवस्थामा कसरी पुुस्तक सहज किसिमले विद्यार्थीका हातमा पुुग्न सक्छन ? कसरी विश्वास गर्ने र्हो ? विश्वासको खाका समयमा आउनु पर्दथ्यो । नआएका कारणले यस क्षेत्रमा अन्योल कायमै छ ।  

यस्तो संकटको समयमा तत्कालको गर्जो टार्ने मात्र नभएर दीर्घकालीन योजना बनाएर लाग्नुपर्दो रहेछ भन्ने कुरा यसपटकको संकटले सिकाएको छ । तत्कालको गर्जो टार्ने कुरा त धेरैलाई थाहा होला तर दीर्घकालीन योजना बनाउने कुरा सबैलाई थाहा हुँदैन । यसैका निम्ति विज्ञको आवश्यकता पर्दछ । मुलुक यस्तो संकटमा फँसेको छ । एकातिर ज्यान जोगाउन गाह्रो हुने अवस्था छ । अर्कोतर्फ सचेत नागरिकहरुले अरुको ज्यान बचाउन समेत भूमिका खेल्नुु पर्नेछ । यस्तो संकटभित्रको संकटको अवस्थामा राज्य संञ्चालक र उनका आसेपासेहरुबाट भित्र कता कता घोटाला भएका कुराहरु समेत उठ्ने गरेका छन् । यस्तो कुुरा सुन्दा नेपाल आमाले कति दुर्मतिका सन्तान जन्माइछन् भन्ने लाग्छ । मुलुक यस्तो दुर्दशावाट अगाडि बढिरहेको छ तर एउटा हिस्सालाई भने भ्रष्टाचार गर्ने ध्याउन्न छुटेको छैन । यो भन्दा विजोग के हुन्छ ? यस्ता अगुवाहरुबाट के को सुरक्षा ? के को देश र जनताको हितको कुरा ? कस्तो विडम्वना कोरोनाको डरले मुखमा मास्क लगाउने तर मुखमा फेरि अनैतिक रकम राख्न खोज्ने ? आखिर कोरोनाबाट बच्न सकेनन् भने उनीहरु पनि जाने हुन । कोरोना लागेर गएछन भने अरु नागरिक र उनीहरुमा धेरै फरक नभए पनि अरु नागरिक वेदाग सफा कात्रोमा जानेछन भने ती दुर्मतिका व्यक्तिहरुले ओढेको कात्रोको साथैमा लागेको कालो दाग सेतो कात्रोसँग जाने छैन ।  पछाडिबाट कालो दाग कसैले पनि साथै लिएर जाने रहेनछ । यो कालो दाग सन्तान दरसन्तानतिर फर्कने छ । यत्ति कुराको ख्याल गरेको भए यस्तो संकटको समयमा उनीहरुको मन चोखो रहने थियो । मन चोखो नभएर हात मुुख चोखो हुन सक्दैन । जव मन विटुलो हुन्छ अनि सन्ततिसम्मले त्यो कालो धव्वा बोकी रहनुपर्दछ । 

जीवन देशको ढुकुटी लुट्नका लागि होइन । जीवनमा सकिन्छ देश र जनाताका लागि केही निस्वार्थभावले गरेर देखाउने हो ।  सकिदैंन आफ्नो मेसो गरेर बस्ने गर्दा पनि राम्रै हुन्छ । अझ देश संकटमा परेको समयमा लामो हात गर्न खोज्नुु भनेको अति ठूलो अपराध हो । यो अवस्था अघिपछिको जस्तो सामान्य अवस्था होइन । एकातिर राज्य सञ्चालकहरुको सानो कमजोरीले  लाखौंको ज्यान जानसक्छ भने अर्कोतर्फ त्यसको क्षति अपुुरणीय हुन जाने छ । विना कारण पचास हजार बढी नागरिक गुमाउनुु पर्दा अमेरिकालाई कस्तो भएको होला ? त्यसबाट हुने क्षति अमेरिकाले कहिले पूरा गरेर सक्ला ? ती नागरिकहरु त्यो अवस्थासम्म पुुग्नका लागि राज्यले निकै ठूलो लगानी गर्नुु पर्दछ । उनीहरुको पढाइ लेखाइदेखि लिएर उनीहरुलाई दिइएको निशुल्क खोप र उपचार आदि इत्यादिको हिसाव जोड्ने हो भने एउटा नागरिक हुर्काउन निकै रकम सरकारले खर्च गर्नु पर्दछ । हुर्किसकेका र देशको निम्ति कुनै न कुनै योगदान दिइरहेका पचास हजार बढी नागरिक एकै पटक गुुमाउनुु पर्दाको क्षति कति ठूलो होला ? अव त्यत्ति नागरिक हुर्काउन र बढाउन अमेरिकालाई कति खर्च गर्नु पर्ला । समय कति लाग्ला ? अहिले तत्कालको लागि चहिने दक्ष जनशक्ति समेत गुुमेको अवस्था होला । यो सबै पूरा गर्नका लागि एउटा मुुलुकलाई निकै वर्ष पर्खनुु पर्ने हुन्छ । यस कुरातर्फ राज्य सञ्चालकहरुले अति ख्याल गर्नु पर्दछ । निस्वार्थ भावले गरिने देशको सेवा भन्दा दुुई नम्वरी धन्दाबाट आएको रकम कहिल्यै ठूलो हुँदैन । त्यो त क्षणिक आनन्द मात्र हो । त्यसले दीर्घकालीन आनन्द दिने छैन । कोरोनासँगै गाँसिएको नैतिकताको प्रश्नमा आमनागरिक सचेत हुनै पर्दछ । घोराही १५, दाङ