अमेरिकाका १४ प्रतिशत जनसंख्याका लागि कोरोनाभाइरसको उपचार असम्भव

अमेरिकाका १४ प्रतिशत जनसंख्याका लागि कोरोनाभाइरसको उपचार असम्भव

काठमाडौ । अमेरिकाको हरेक ७ जनामा १ जना वा  कुल जनसंख्याको १४ प्रतिशतलाई कोरोनाभाइरसको लक्षण भएपनि उपचारका लागि अस्पताल जान सजिलो नरहेको एक नयाँ अध्ययनबाट पत्ता लागेको छ ।

उनीहरूले रोगको लक्षणको उपचारका लागि तिर्नुपर्ने रकम तिर्न नसक्ने भएकाले अस्पताल जान नाचाहेको मंगलबार सार्वजनिक गरिएको गालुप सर्वेक्षणमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरसबाट संक्रमित भइसकेको विशेषरूपले विश्वास भइसकेकाहरूको ९ प्रतिशत अमेरिकाले वित्तीय स्थितिको हिसाबमा उपचारका लागि जान चाहने अध्ययनबाट फेला परेको हो ।
आइसीयु समेतको कोरोनाभाइरस बिरामीको औसत उपचार खर्च ३० हजार अमेरिकी डलर भन्दा बढी रहेको छ । यो औसत अमेरिकाको स्वास्थ्य बिमा योजना समूहको एक महिना उल्लेख गरिएको खर्च अनुमान रहेको छ ।

अमेरिकामा यो अवस्थालाई बढदो बेरोजगारीले झन् खराब बनाउदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । अमेरिकीहरूको ५५ प्रतिशतलाई स्वास्थ्य सेवा उनीहरूको रोजगारसँग जोडिएको आधारमा हुने गर्छ ।

गत केही साता भित्र ३ करोड भन्दा बढी मानिसले बेरोजगारीको आवेदन भरिसकेका छन् । गत वर्ष डिसेम्बरमा २ करोड ७५ लाख मानिस बेरोजार सूचीमा त्यसै रहेका थिए । अहिलेसम्म रोजगारी नगुमाएकाहरू भाग्यमानी छन् तिनको स्वास्थ्य उपचार खर्च र अन्य भइपरि खर्च बिमाले तिर्न सक्ने देखिन्छ ।

अस्पतालमा उपचार खर्च नभएका कारण अमेरिकीहरूको ज्यान गएको छ ।  अमेरिकी राष्ट्रपतिले अस्पताललाई कोरोनाभाइरस उपचारका लागि दिने भनेको खर्चमा बिरामीलाई अस्पतालमा ल्याउन लगायतका अन्य सहयोगी खुद्रा खर्च नजोडिएको जनाएको छ ।

कम आम्दानी भएका अमेरिकीहरूले अस्पतालमा उपचार गराउन नजानुको कारण वित्तीय अभाव कारण रहेको जवाफ दिएका छन् ।

सर्वेक्षणमा सहभागी हुनेहरूमा वार्षिक ४० हजार अमेरिकी डलर आम्दानी हुनेहरूको संख्या १ लाख अमेरिकी डलर आम्दानी हुनेहरूको संख्या चार गुना बढी रहेको पाइयो ।