सगरमाथाको उचाइ नाप्न शुरु

सगरमाथाको उचाइ नाप्न शुरु

सबल दाहाल

काठमाडौं, १९ बैशाख । यसै विहिबारबाट संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाइ नाप्ने कार्य शुरु भएको छ । 

सन् २०१९ सालमा चीन र नेपाल बीच यस वर्ष दुवै देशको संलग्नतामा सगरमाथाको उचाई नाप्ने घोषणा भएको थियो । सन् २०२० साललाई चीन र नेपाल मित्रताको ६५ औं वर्ष पुगेको उपलक्ष्यमा दुवै देशबीच भएको समझदारीमा एकै साथ सगरमाथाको उचाई घोषणा गरिने निर्णय भएको हो । 

नेपालको सर्वे विभागको टोली र सगरमाथा आरोहणमा सहयोग पु¥याउने गाइड टोलीलाई बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामनासहित विदाई गरेका छन् । सर्वे डिपार्टमेन्ट टोलीमा खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल रहेका छन् । गाइडहरुमा छिरिङ जङबु शेर्पा, पेमाङ्गीमा शेर्पा, आङपासाङ शेर्पा, आङबु शेर्पा र केशव पौडेल रहेका छन् ।

यस्तै चिनिया तर्फबाट ५३ जनाको टोलीलाई सगरमाथाको उचाई मापनको लागि खटाइएको छ । उनीहरुले हिजो विहिबारबाट प्राविधिक कार्यको शुरु गरिसकेका छन् । यही मे महिनामा सगरमाथा चढ्न शुरु गर्ने जनाइएको छ । 

अहिलेको सर्वेमा चिनिया प्रविधि Beidou Navigation Satellite System को प्रयोग गरिनेछ ।  

सगरमाथाको ८८४८ मि उचाई सन् १९५५ मा इण्यिन सर्वे टोलीले मापन गरेको र सन् १९७५ मा चिनिया सर्वे टोलीले त्यसलाई सुनिश्चित गरेको थियो । 

सन् २०१५ मा गएको भूकम्पले सगरमाथाको उचाइमा फेरबदल ल्याएको हुनसक्ने अडकलबाजीहरु चलिरहेको छ । चिनिया र नेपाली प्राविधिक टोलीबाट हुन गइरहेको सगरमाथाको यस सर्वेले सही मापन ल्याउने विश्वास गरिएको छ ।