कोरोना संक्रमित संंख्या ५९ पुग्यो, रूपन्देही र नेपालगन्जका थप दुई जनामा ‘कोरोना पोजेटिभ’
नेपालमा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित रुपन्देही र नेपालगंजका रहेका छन्।
संक्रमित २५ वर्ष र ६० वर्षका पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।दुबैजनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेतापनि उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
रुपन्देहीका संक्रमित भने दुई साता अघि मात्र नेपाल आएको बुझिएको छ । उनी नेपाल आउने वित्तिकै उनको दाजुले घरमा नलगि क्वारेन्टाइनमा लगेका थिए ।
पछिल्लो समय नाका बन्द रहेपनि लुकिछिपी आउने क्रम नरोकिएको र तिनैमा कोरोना संक्रमण देखिएपछि कोरोना नियन्त्रणमा चुनौति थपिएको छ ।
प्रतिक्रिया