नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका हुन् । भोलि बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।

बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।