कोरोना उत्पत्ति अनुसन्धानबाट चीनले डब्लुएचओलाई किन हटायो ?

कोरोना उत्पत्ति अनुसन्धानबाट चीनले डब्लुएचओलाई किन हटायो ?

काठमाडौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनमा नयाँ कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धानमा आफ्नो संगठनको प्रतिनिधित्व गराउन माग गरेको छ ।

वुहानमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी विषयमा अनुसन्धानबाट चीनले डब्लुएचओलाई सहभागी गराएको छैन् ।

डब्लुएचओका प्रवक्ता तारिक जासारेभिकले चीनले गर्ने भनेको अनुसन्धानमा संगठनले  प्रतिनिधित्व गराउनुपर्ने चाहेको बताए ।

चीनमा रहेको डब्लुएचओका प्रतिनिधिले  चीनले गर्न लागेको अनुसन्धानमा डब्लुएचओलाई समावेश नगराएकोमा जानकारी दिएको चौबीस घन्टा नबित्दै प्रवक्ताको अभिव्यक्ति सार्वजनिक भएको हो ।

चीनले डब्लुएचओलाई अनुसन्धानबाट बाहिर राख्नुको कुनै असल कारण नदेखिएको माल्टीज पब्लिक हेल्थका फिजिसियनले जनाएका छन् ।

डब्लुएचओमाथि अमेरिकाले चिनिया पक्षपाती भएको आरोप लगाएको र कोरोनाभाइरस बारे गर्नुपर्ने काम ठीकसँग नगरेको आरोप लगाएको बेला डब्लुएचओको बचाउ गरेको चीनले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन् ।

गत वर्ष डिसेम्बरको अन्तिम सातामा चीनको वुहानमा कोरोनाका रोगीको पहिचान गरिएको थियो ।

त्यसपछि डब्लुएचओले मार्च ११मा यसलाई वैश्विक महामारी भनी घोषणा गरेको थियो ।