विश्वभर मृत्युको हल्ला पछि देखा परे किम

विश्वभर मृत्युको हल्ला पछि देखा परे किम

काठमाडौ । विश्वभर मरेको हल्ला फिजिएको केही दिन पछि उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

किमले उत्तर कोरियाको राजधानी प्योङयाङमा रहेको मलखाद कारखानाको उद्घाटनमा रातो फिता काटदै गरेको देखिएको फोटो सार्वजनिक भएको छ ।

उत्तर कोरियाली रेडियोले सुन्चोन कारखानाको किमले रातो फिता काटेको समाचार प्रसारण गरेको हो ।

त्यसक्रममा बहिनी किम यो जोङलगायत केही पदाधिकारी उनका साथमा देखिए ।

दक्षिण कोरियाली समाचार संस्था योनापले किमको स्वास्थ्यबारे फैलिएको हल्लाबीच किम देखा परेको समाचार सार्वजनिक गरेको हो ।

किमसँग देखा परेका अधिकारीहरूले मास्क नलगाएको फोटोमा देखिएको छ भने सो कार्यमा सहभागीहरूले मास्क लगाएपनि सोसल डिस्टेन्सिङको पालना नगरेको देखिन्छ ।

किम अप्रिल १२मा सार्वजनिकरूपमा देखा परेयता नदेखिए पछि उनको मृत्युको हल्ला चलेको थियो ।

आफ्नो बाजे तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको १०८औं जन्मजयन्ती अवसरमा किम देखा नपरेपछि उनको स्वास्थ्यमा गम्भीर अवस्था सम्बन्धी समाचार सार्वजनिक भयो त्यसपछि उनको मृत्युको खबर विश्वभरका सञ्चार माध्यममा देखिएको थियो ।

किमको मृत्युको भूmठो खबर फैलाउन अमेरिकी मिडियालाई ट्रम्पले सहयोग गरेका थिए । उनलाई किमको बारेमा सोधिएको प्रश्नको जवाफमा किम कुशल हुने विश्वास छ तर आफूले यसबारे कुरा नगरेको टिप्पणी गरेका थिए ।

गत आइतबार दक्षिण कोरियाका वरिष्ठ अधिकारीले किम सकुशल रहेको जनाएका थिए ।