सगरमाथाको उत्तरी भागमा फाइभ जी स्टेशन
काठमाडौ । विश्वको सबैभन्दा ठूलो शिखर सगरमाथाको उत्तरी भागमा चीनले फाइभ जी टेक्नलजिको आधार शिविर खडा गरेको छ ।
सगरमाथालाई चिनियाँहरूले कोमोलाङ हिमशिखरको रूपमा चिन्छन् ।
चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाए अनुसार चाइना मोबाइले विश्वको सबैभन्दा अग्लो शिखर कोमोलाङको आधारमा जडान गरेको फाइभ जी स्टेशनले बिहीबारदेखि काम गर्न शुरू गरेको हो ।
समुद्री सतहबाट ६ हजार ५ सय मिटरको उचाइँमा स्थापना गरेको यो फाइभ जी स्टेशनले यसअघि जडान गरिएको फाइभ जी स्टेशनहरूमा त्यहाँको संकेत पठाएको हो ।
चाइना मोबाइलले यस क्षेत्रमा यस अघि दुई अग्ला फाइभ जी स्टेशनको स्थापना गरेको थियो ।
समुद्री सतहबाट ५ हजार ३सय मिटर र ५ हजार ८सय मिटर दुई अग्ला स्थानमा स्थापना गरिएका स्टेशनहरूमा ६ हजार ५सय मिटरको उचाइँमा रहेको फाइभ जी स्टेशनले संकेत प्रसारण गरेको हो ।
चाइना मोबाइलको तिब्बत शाखाका महाप्रवन्धक झाउ मिनले यसको पुष्टि गरेको सिन्हवाले जनाएको छ । सिन्ह्वाका अनुसार कोमोलाङमाको उचाइँ ८८४० मिटर रहेको छ ।
प्रतिक्रिया