चीनविरुद्ध उभिनु चुनावी रणनीति !
सबल दाहाल
काठमाडौं । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रतिस्पर्धी जो विदेन दुवै चीनप्रति कडा रुपमा प्रस्तुत भएको देखाउँदै गइरहेका छन् ।
यी दुवै उम्मेदवार चीनप्रति कडा उभेजस्तो देखिनुलाई निर्वाचन अभियान अघिको राजनीति मानिएको छ ।
यही साता मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आगामी निर्वाचनमा आफूलाई हराउन चीनले जस्तोसुकै षड्यन्त्र रच्न सक्ने जनाएका थिए । यसलाई अमेरिकनले पछिल्लो समय निर्वाचन Poll मा केही प्रतिशत पछाडि रहेका ट्रम्पको फेरि हावी हुने रणनीतिको रुपमा लिएका छन् । चीनले ट्रम्पको उक्त भनाईको खण्डन गरिसकेको छ ।
राष्ट्रपति ट्रम्प कोरोना भाइरस महामारीको नियन्त्रण सही ढंगले गर्न नसक्नुकै कारण देशभित्र उनी आलोचनाको घेरामा परेका छन् । यसैका कारण पनि हुन सक्छ उनी पछिल्लो निर्वाचन पोलमा आफ्ना प्रतिस्पर्धी विदेन भन्दा केही स्थान पछाडि देखिएका छन् ।
ट्रम्पका समर्थकहरुले “BeijingBiden, Stop China, Stop Joe Biden" जस्ता प्रचारहरु फैलाइरहेका छन् । त्यतिमात्र होइन राष्ट्रपति ट्रम्पका समर्थकले विदेन ४७ वर्ष वाशिङटन को नजिक बसेर चाइनालाई शक्तिशाली बनाउन सहयोग गरेको भन्दै प्रचार गरिरहेका छन् ।
त्यस्तै अर्का उम्मेदवार विदेनले पनि महामारीको सुरुमा ट्रम्पले चीनको समाचारहरुको सजिलै विश्वास गरेर अमेरिकामा Covid-19 नियन्त्रणका कदम चाल्न ढिलो गरेको आरोप लगाइरहेका छन् ।
Gallup Poll र Pew Poll का अनुसार दुई तिहाई अमेरिकनले चिनियाँ सूचनाको अविश्वास गर्ने पाइएको छ । यसैले पनि हुनसक्छ चीन विरुद्ध कडा रुपमा प्रस्तुत हुनु नै अहिले दुई राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धा चलिरहेको छ । तर उनीहरुको यो प्रतिस्पर्धालाई चुनावी खेलको रुपमा लिइएको छ ।
२०१६ को राष्ट्रपतिको निर्वाचनमा पनि ट्रम्प मेक्सिको विरुद्ध यसरी नै खनिएका थिए । त्यो पनि उनको चुनावी रणनीति थियो । उनको विजयको पल्लाभारी यसै मुद्दाले गराएको कतिपयको विश्लेषण रहेको छ ।
प्रतिक्रिया