लकडाउनमा अक्सिजनतहको ठूलो प्वाल टालियो 

लकडाउनमा अक्सिजनतहको ठूलो प्वाल टालियो 

काठमाडौं । कोरोनाभाइरस कोभिड–१९का कारण विश्वभर गरिएको लकडाउनको अवधिमा अक्सिजनतह वा ओजोन तहमा परेको ठूलो प्वाल टालिन पुगेको छ ।

आक्र्टिकको आकाशमा रहेको ओजोन तहमा मार्च महिनासम्म रहेको एक विशाल प्वाल अहिले टालिन पुगेको संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले बताएका छन् । 

तर कोभिड–१९को उपचारसँग यसको कुनै लेनदेन नभएको उनीहरूले जनाएका छन् ।

ग्रिनल्यान्डको आकारको तीन गुना जतिको ठूलो प्वाल टालिन पुगेको हो । 

सन् २०११यता ओजनतह हालका दिनमा धेरै बढी बिग्रिन गएको थियो ।

यो ओजोन प्वाल टालिएपछि अब सामान्यतिर फर्किन लागेको राष्ट्रसंघीय प्रवक्ता क्लारे नुलिसले बताएकी छिन् ।

प्रदुषण निस्कनमा द्रुतगतिमा आएको कमीले वातावरणमा सकारात्मक प्रभाव परेको छ ।