कोरोनाको अमेरिकी पाठ “ जनस्वास्थ्य बजारले तय गर्नु हुँदैन”

कोरोनाको अमेरिकी पाठ “ जनस्वास्थ्य बजारले तय गर्नु हुँदैन”

काठमाडौ । जतिखेर स्वास्थ्यको कुरो आउँछ विश्वमा जहिले पनि क्युबाको वजन भारी नै हुन्छ । समाजवादी प्रणालीमा आधारित क्युबा र बजार प्रणालीमा आधारित क्युबाका बलियो अवरोधक अमेरिकाबीचको तुलनामा पनि क्युबाले अमेरिकालाई मात गर्ने गरेको देखिएको छ ।

नयाँ कोरोनाभाइरसको वैश्विक महामारी फैलिनु अघि पनि र त्यसपछि पनि विश्व स्वास्थ्य सेवाको क्षेत्रमा क्युबाका ‘सेता पोशाकधारी’ अमेरिकाको भन्दा भारी नरहेको देखिएका छन् ।

अमेरिकी नाकाबन्दीको कठोर संघर्षका बाबजुत क्युबाले जनताका लागि स्वास्थ्यको विषय बजारको नीतिसूत्र ‘माग र आपूर्ति’को सिद्धान्तमा बजारलाई निर्णय गर्न नदिएर सबैको स्वास्थ्य सेवा निशुल्क गरेको छ ।

महामारीको बेला यहाँका डाक्टरहरूलाई क्युबाले कोरोनापीडितहरूको सेवा गर्न पठाउँदा अमेरिका र यसका समर्थकहरूद्वारा निकृष्ट आलोचना मात्रै गरेन यो अभियानमा अवरोध सिर्जना गरेको देखिएको छ ।

कोरोनाभाइरसको जोखिम ६० वर्ष नाघेकाहरूमा बढी रहेको भनिए पनि ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरू प्रतिशत हिस्सा उच्च र धेरै पर्यटकहको रहने गरेको क्युबामा अप्रिल २७सम्म कुल संक्रमण् १३७० र मृत्यु ५४ देखिएको छ ।

क्यारिबियन आइल्यान्डको यो क्युबा विश्मा जनसंख्याको आधारमा डाक्टरको अनुपात सबैभन्दा बढी मात्रै होइन यहाँको स्वास्थ्य प्रणाली निशुल्क छ । समुदायले स्वास्थ्य सेवा खोजेकै बेला उपलब्ध हुने निशुल्क स्वास्थ्य सेवाको व्यवस्था क्युबाले अमेरिकी नाकाबन्दीको बाबजुत गरेको छ ।

जनवरीमा यहाँ स्वास्थ्यकर्मीहरूलाई तालिम र तयारीका मापदण्ड अपनाउने काममा क्युबाले ध्यान पु-याएको थियो । पर्यटन उद्योगबाट क्युबाको अर्थतन्त्रको हिस्सा पुग्ने भएपनि मार्चमा यो क्षेत्रको बन्द विस्तार गरियो ।

क्युबाका सेता पोशाकधारीहरूले सन् २०१४मा अफ्रिकामा इबोला फैलिएका बेला त्यहाँ पुगेर स्वास्थ्य सेवा दिएका थिए । कोरोनाभाइरस फैलिएपछि पहिलो पटक इटली र एन्डोरा जस्ता युरोपेली देशले पनि क्युबाली सेता पोशाकधारीलाई स्वागत गरे ।

क्युबाका तालिम प्राप्त डाक्टरहरू विश्वका अन्यदेशमा काम गर्छन् । सन् १९९९ देखि विश्वका १३८ देशका ३५ हजार डाक्टरलाई क्युबाको राजधानी हवानाको ल्याटिन अमेरिकी स्कूल अफ मेडिसनमा निशुल्क शिक्षा दिने गरिन्छ । 

अमेरिकाले क्युबामाथि लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई ट्रम्प सरकारले थप कठोर बनाएको छ । 

विश्वमा डाक्टर र नर्सको निर्यात गरी क्युबाले महत्वपूर्ण आम्दानी गरिरहेको छ । क्युबाका डाक्टरहरूबाट हुने आम्दानी पर्यटन उद्योग पछिको दोस्रो ठूलो आम्दानी ११ अर्ब अमेरिकी डलर प्रति वर्ष हुने गरेको छ । क्युबाका ५० हजार डाक्टर विश्वका ६७ देशमा काम गरिरहेका छन् ।

क्युबालीहरूले विश्वमा स्वास्थ्यसम्बन्धी खतरा भएका बेला अन्य देशहरूमा गएर ज्यान जोगाउने काम गर्छन भने अमेरिकाले यसको प्रतिकूल अन्य देशमा समस्या सिर्जना गरी त्यहाँ मान्छे मार्न अमेरिकीहरू पठाउने गरेको देखिन्छ ।

अमेरिकाले अन्य देशका लागि आवश्यक पर्ने स्वास्थ्य सेवासम्बन्धी मास्क जस्ता जहाजलाई लुटिलाने काम गरेको कोरोनाभाइरसको संकटकै बेला देखिएको हो । 

प्रतिव्यक्ति आयको उच्चतम अवस्था रहेको अमेरिकामा कोरोनाभाइरस संकट आएलगतै करोडौं मानिस तत्काल रोजगार गुमाउन पुग्यो । अस्पतालमा स्वास्थ्यसम्बन्धी समानहरूको अभाव हुन पुग्यो । स्वास्थ्य सेवा पु¥याउने स्वास्थ्यकर्मीको अभाव हुन पुग्यो ।

दुनियाँलाई ध्वस्त पार्ने शक्तिहरूको पंक्तिमा ‘सिंहराज’ बनेको अमेरिकालाई कोरोनाभाइरसको बेला स्वस्थ्य सेवाको अवस्थामा लुटेर बनाइ दिएको देखियो । 

अमेरिकी महादेशकै दुई देश संयुक्त राज्य अमेरिका र क्युबाबीचको प्रणालीगत अन्तर र मानव अधिकारप्रतिको वास्तविक बुझाइबोर दुनियाँले सोच्नै पर्ने आवश्यकता औंल्याएको हो ।

क्युबाले जनस्वास्थ्यमा दिएको प्राथमिकताले उसलाई मानवहितमा सघाउन बनाएको तर अमेरिकालाई  मानवहितका संसधानको लुटेरा बनायो ।

प्रणालीगत दोषलाई सुधार गर्नु आज विश्वको आवश्यकता रहेको छ । जनताको जीवन र स्वास्थ्यको हेरचाहलाई बजारको माग र आपूर्ति बीचको सिद्धान्तको आधारमा निर्माण गर्न नहुने पाठ कोरोनाले प्रत्यक्षरूपमा दिएको छ ।