उत्तर कोरियाली समाज रूचाएको भए ‘किम यो जोङ’ राष्ट्रप्रमुख हुन्थिन

उत्तर कोरियाली समाज रूचाएको भए ‘किम यो जोङ’ राष्ट्रप्रमुख हुन्थिन

काठमाडौ । उत्तरकोरियाली समाज महिलालाई सहजै स्वीकार गर्ने भएको भए  राष्ट्रप्रमुखमा किम जोङ इलकी छोरी नै राष्ट्रप्रमुख हुन्थिन होली । 

यस्तो बुझाइ किम जोङ इलसँग निकटतम सम्बन्ध बनाएका रूसी कुटनीतिज्ञ कोस्टानितिन पुलिकोभस्कीको रहेको छ ।

करिब २० वर्ष अघि किम जोङ इलसँगको स्मरण गर्दै पुलिकोभस्कीले यस्तो बताएको सीएनएनले जनाएको छ ।

सन् २००१तिर उत्तर कोरियाली नेता किम जोङ इल तीन साताको भ्रमणका बेला पुलिकोभस्कीका साथ रहेका थिए । बाबु किमका सात सन्तान मध्ये अहिलेका उत्तर कोरियाली नेता कान्छा छोरा किम जोङ उन आफ्नो किशोरावस्थाको मध्यतिर थिए ।

पुलिकोभस्कीले किमसँग उनका छोरा छोरीको बारेमा कुराकानी गर्दा उनले छोराहरू मन्द बुद्धिका रहेको बताएका थिए ।

उत्तर कोरियाली विज्ञ माइकल म्याडनका अनुसार  बाबु किम छोराहरूलाई माया गर्दथे तर राजनीतिको उच्चस्थानमा पुग्ने हैसियतका नभएका विचार राख्ने गरेका थिए ।

तर किमले आफ्नो उत्तराधिकारीको रूपमा कान्छालाई रोजे र उनी उत्तर कोरियाली नेता भए ।

महिला उत्तराधिकारी रोज्न सकेको भए छोरी किम यो जोङलाई रोज्ने थिए । उनी सदैव बाबुको बायाँ बस्ने गर्थिन र दायाँ किमकी पत्नी बस्ने गर्थिन् । यो कुरो केन्जी फुजीमोतोले वासिंगटन पोस्टमा उत्तर कोरियाबारे यस्तो उल्लेख गरेको पाइन्छ ।

हालै मात्रै उत्तर कोरियाली नेता किम जोङ उनको मृत्युको हल्ला फैलिएयता उत्तराधिकारीको रूपमा किम यो जोङको नाम महत्वपूर्णरूपमा अगाडि आएको थियो । दाजु किमको उत्तराधिकारीको रूपमा किम यो जोङलाई देखियो ।

मृत्युको हल्ला पछि सार्वजनिक रूपमा किम देखा परेका बेला किम यो जोङ पनि देखिएकी थिइन् ।

राष्ट्रप्रमुख नभएपनि उत्तर कोरियाको राजनीतिक परिधिमा किम यो जोङ प्रभावशाली बनेर आएको देखिएकी छन् ।  

दाजुको ठाउँमा दक्षिण कोरियामा सन् २०१८मा आयोजित ‘शीत ओलम्पिक’मा किम यो जोङ सहभागी भइन् । यसले उनको हैसियत मानार्थ राष्ट्रप्रमुखको रूपमा उकासियो ।


दाजु किमले बहिनी किमलाई सत्ताधारी पार्टीको सदस्य बनाएर सन् १९५३यता इतिहास कायम गरे ।

विज्ञहरूका अनुसार दाजु किमका सर्वोच्च सल्लाहकार र विश्वास पात्रको रूपमा देखिएकी छिन् । बहिनी किमले दाजु किमको सामाजिक र राजनीतिक छविलाई सार्वजनिकरूपमा चम्किलो पार्ने काम गर्दै आएकी छिन् ।

दक्षिण कोरियामा जान अघि बहिनी किम सत्ताधारी पार्टीको पोलिट ब्युरो सदस्य बनाइएकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रत्यक्ष भेटघाटको कुटनीतिक पहलमा धक्का दिने काम किम यो जोङको पनि रहेको बुझिन्छ ।

यसले उनको आगामी दिन अझ बढी महत्वपूर्ण भूमिकाको आवश्यकतालाई स्थापित गराउने छ । जसको लागि बहिनी किम आफूलाई तयार गरिरहेकी छिन् । दाजु किम र बहिनी किम स्विस राजधानी बर्नमा अध्ययन गरेको बुझिन्छ ।

स्विटजरल्यान्डमा अध्ययन गर्दा दाजु बहिनी किमले आफ्नो वास्तविक पहिचान लुकाएर बसेका थिए । दाजु बहिनी किमलाई यसरी राख्नुको पछाडि बाबु किमको निसन्देह राजनीतिक कुटनीतिक उद्देश्य लुकेको हुन सक्ने म्याडेनको विश्वास छ ।