उत्तर कोरियाबाट दक्षिण कोरियाको गार्डपोष्टमा गोली प्रहार

उत्तर कोरियाबाट दक्षिण कोरियाको गार्डपोष्टमा गोली प्रहार

काठमाडौं, २१ बैशाख । उत्तर कोरियाबाट दक्षिण कोरियाको सीमाबर्ती क्षेत्रको सैनिक तैनाथ नभएको एक गार्डपोष्टलाई लक्षित गरी केही राउण्ड गोली प्रहार भएको योनहाप न्युज एजेन्सीले जनाएको छ । सो गोली प्रहारबाट कुनै मानवीय क्षति नभएको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन् ।

उत्तर कोरियाको राष्ट्रपति किम जोनको अस्वस्थ्यतासँगै केही निष्क्रिय देखिएको उत्तर कोरियाको सैन्य फोर्स उनी सार्वजनिक भएसँगै फेरि सक्रिय हुन थालेको आभास भएको छ ।