एकैदिन थपिए दश कोरोना संक्रमित, नेपालगञ्जमा मात्र ९ जना थप

एकैदिन थपिए दश कोरोना संक्रमित, नेपालगञ्जमा मात्र ९ जना थप

काठमाडौँ, २१ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आइतबार एकैदिन दश जना संक्रमित थपिएका छन्। जसमा नेपालगञ्जका ९ जना रहेका छन्‍। संक्रमितमध्ये पाँच जना पुरुष चार जना महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा नयाँ संक्रमित थपिएको जनाइएको हो।

आइतबार नै वीरगंजमा एक जनामा संक्रमण पुष्टि भएको थियो।  

योसँगै संक्रमितको संखया ६९ पुगेको छ।  यस मध्ये १६ जना अपचारपछि सन्चो भएर घर फर्केपनि एक जनालाई पुन आजै नारायणी अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएको छ ।