अर्बपति बिल गेट्सले किन मान्छे नियन्त्रण गर्ने माइक्रोचिप बनाउन खोजेका हुन् ?

अर्बपति बिल गेट्सले किन मान्छे नियन्त्रण गर्ने माइक्रोचिप बनाउन खोजेका हुन् ?

२२ वैशाख, काठमाडौ । अमेरिकी अर्बपति तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले मानिसमाथि नियन्त्रण कायम गर्ने माइक्रोचिप बनाउन खोजेका छन् ।

ओस्कार पुरस्कारबाट सम्मानित रूसी निर्देशक निकिता मिखाल्कोभले अर्बपति बिल गेट्सले यस्तो माइक्रोचिप खोपको आवरणमा ल्याउन लागेको दाबी गरेका हुन् ।

गेट्सले अत्यधिक जनसंख्या समाधान गर्ने खोपको नाउँमा यो माइक्रोचिप बनाउन लागेको उनको भनाइ छ ।

कोरोनाभाइरस संकटका बारेमा धेरै षडयन्त्रकारी सिद्धान्तहरू चर्चामा रहेका छन्  । विभिन्न समूहले गुप्तरूपमा महामारीको आवरण विभिन्न किसिमको खोजी कार्य गरिरहेका छन् ।

कोरोना उत्पत्तिको विषयमा पनि विभिन्न किसिमका यस्ता आरोप प्रत्यारोप र गतिविधिहरू चर्चामा रहेको बेला रूसका सम्मानित फिल्म निर्देशकले लामो समय विश्कै सबै भन्दा बढी धनी भएका हाल अमेजनका मालिक पछिका अर्बपति गेट्सले यस्तो चिप बनाइरहेको दाबी गरिएको हो । 

यस्ता केही मुठीभर मानिस माइक्रोसफ्टका संस्थापक गेट्स वरिपरि यसका लागि परिक्रमा लगाइरहेका छन् र कोभिड–१९ विरूद्धको खोप विकास गर्ने प्रयासमा गेट्सलाई उनीहरूले सघाइ रहेका छन् ।

माइक्रोसफ्टले हालै एक पेटेन्ट प्राप्त गरेको छ ।यो अन्तर्राष्ट्रिय पहिचान प्राप्त पेटेन्टले गेट्सले यस्तो किसिमको माइक्रोचिप बनाउन खोजेको देखिएको हो ।

यो पेटेन्ट डब्लुओ/२०२०/०६०६०६ संकेतको छ । यसले मानिसको शरीरमा हुने गतिविधिको प्रयोग एक गुप्त  मुद्रा प्रणालीका(क्रिप्टोकरेन्सी) लागि गर्ने जनाउँछ । आधारभूतरूपमा यो एक प्रविधिमा आधारित उपकरण हो । यसलाई खानी वा डिजिटल मुद्राको प्रयोग एक मानिसको शरीरमा उयोगमा गर्न प्रयोग गरिन्छ ।

यो पेटेन्टले ओस्कार सम्मानित निकिता मिखाल्कोभलाई पनि उम्किन दिएन् । मिखाल्कोभले बेसोगोन टीभीमा ‘कसको गोजीमा राज्य?’ अर्थ लाग्ने एक सैद्धान्तिक विषयमा आफ्नो सिर्जना अगाडि बढाइरहेका छन् ।

रोसिया २४ टीभी च्यानलमा शुक्रबार यसको एपिसोड प्रसारित भयो । त्यसपछि यसको प्रसारण नदोहो-याउन भनियो ।यसको विषयवस्तु पेटेन्टसँग मिल्न गएकोले मिखाल्कोभले सेन्सरसीपको कानुन सामना गर्नुप¥यो । त्यसपछि मिखाल्कोभले अमेरिकी अर्बपति गेट्समाथि यो आरोप लगाएका हुन् ।

हाल गेट्स माइक्रोसफ्टको कार्यकारी बोर्डको भूमिकाबाट हटेर आफूले परोपकारी संस्था गेट्स फाउन्डेशनमा सक्रिय रहेका छन् ।