आउँदो दशकमा रक्षा खर्च बढी हुने शीर्ष पाँच देश

आउँदो दशकमा रक्षा खर्च बढी हुने शीर्ष पाँच देश

काठमाडौ । विश्वभर हातहतियार निर्माण तथा खरीद र मर्मतसम्हारमा  हुने वार्षिक रक्षा खर्च गत वर्ष गएको दशकमा सबै भन्दा बढी देखिएको छ । 

सैनिक खर्च सधैं सत्ताशक्तिसँग जोडिएर नहुने गरेको विश्लेषकहरूको भनाइ रहेको छ । 

सन् २०१८को तुलनामा ३.६ प्रतिशतले बृद्धि भइ २०१९मा १९ खर्ब अमेरिकी डलर बराबरको खर्च विश्वका सरकारहरूबाट भएको छ ।

गत वर्ष सबैभन्दा बढी खर्च गर्ने शीर्ष पाँच देशहरूमा सबै भन्दा बढी अमेरिका र सबै भन्दा कम साउदी अरब रहेका छन् । दोस्रो तेस्रो र चौथो रक्षा खर्च गर्नेहरूमा चीन भारत र रूस रहेका छन् ।

विश्वको यो रक्षा खर्च सन् २००८ यता सबैभन्दा बढी रहेको स्टकहम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठान(एसआईपीआरआइ)को हालै सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठानले जनाए अनुसार अमेरिकाले गर्ने रक्षा खर्च भन्दा चीन र भारत धेरै पछाडि रहेका छन् । तर पनि उनीहरूको खर्चमा भने वृद्धि देखिएको छ ।

सन् २०१७ र २०१८ मा कटौती गरे पनि रूसको रक्षा खर्च २०१९ मा ४.५ प्रतिशतले बढेको छ । तर सबै भन्दा बढी रक्षा खर्च गर्ने पाँचौ देश साउदी अरबको रक्षा खर्चमा भने १६ प्रतिशतले गिरावट आएको छ ।

विश्वको कुल रक्षा खर्चको ६२ प्रतिशत खर्च यी पाँच देशको खर्चहरूको कुल योगफल रहेको छ । सन् २०१९मा भएको कुल १९ अर्ब अमेरिकी डलर रक्षा खर्चलाई विश्वको कुल जनसंख्याले भाग गर्दा हरेक व्यक्तिको सुरक्षा खर्च पुग नपुग २४९ अमेरिकी डलर हुन्छ ।

विश्वको रक्षा खर्च गर्ने शीर्ष पाँचहरूको सूचीमा पहिलो पटक चीन र भारत समावेश भएको देखिएका छन् ।

आउने दशकहरूमा पनि चीन र भारतमा सैनिक खर्चमा बृद्धि हुने देखिन्छ । यसो भइरहे पनि अमेरिका सबैभन्दा बढी रक्षा खर्च गर्ने देशहरूको सुपर पावर रहिरहने युरोपेली तथा अन्तर्राष्ट्रिय बृह्तर अध्ययन केन्द्रका उप निर्देशक दमित्री सुसलोभले अन्तर्राष्ट्रिय समाचार संस्था आरटीलाई यस्तो बताएका हुन् ।

रक्षा खर्च गर्ने एसियाका उदयले रूसको शक्तिमा कमी भने नल्याउने सुसलोभको भनाइरहेको छ । विश्व बहुध्रवीय भइरहेको हुने अवस्थामा बहुध्रवीय प्रणालीका चीन र भारत पूर्ण हैसियतका ध्रुवहरू हुनेछन् ।

विश्वको कुल रक्षा खर्चमा अमेरिकाको एक्लो हिस्सा ३८ प्रतिशतले ७खर्ब ३२ अर्ब अमेरिकी डलर बराबरको छ ।

अमेरिकाको रक्षा खर्च बढदै गइरहेको भए पनि विश्वभर सापेक्षिक रूपमा उसको शक्ति र क्षमतामा गिरावट आएको विज्ञहरूको बुझाइ रहेको छ । यसले गर्दा अमेरिकाको खर्च असरहीन र विवेक बढी भइरहेको देखिन्छ ।

चीनले  गतवर्ष २ खर्ब ६१ अर्ब अमेरिकी डलर रक्षा बजेट छुट्याएको थियो । एसियाको ठूलो सैनिक खर्च भएको चीनले सन् १९९४देखि  रक्षा खर्च बढाउँदै ल्याएको छ । सन् २०१० को तुलनामा सन् २०१९ मा यो खर्च ८५ प्रतिशतले बढेको छ । चीनको आर्थिक बृद्धिसँग मिल्दोजुल्दो गरी रक्षा खर्च भएको विज्ञहरूको बुझाइ रहेको छ ।

चीनको रक्षा खर्च अमेरिका भारतमा पसेर दिएको तनावका कारण बढेको छ । यो तनाव झन बढ्ने देखिन्छ । कोरोनाभाइरसले अमेरिका र चीनबीचको तनाव बढ्दै गएकोले चीनले सैनिक खर्च बढाउने देखिन्छ ।

चीनले रक्षा खर्च बढाएपछि भारतलाई स्वतः बढाउनुपर्ने हुन्छ । चीन र पाकिस्तानबीचको पुरानो मैत्री सम्बन्ध छ भने भारत पाकिस्तानबीचको पुरानो शत्रुतापूर्ण सम्बन्ध छ । चीनको रक्षा खर्चमा अमेरिकाले साउथ चाइना सी क्षेत्रमा ताइवानसँग मिलेर खडा गरेको विवाद पनि रहेको छ ।

भारतको खर्च ७१.१ अर्बअमेरिकी डलर रहेको छ । यो गतवर्षको तुलनामा ६.८ प्रतिशत रहेको छ । यो खर्च रूस र साउदी अरबको भन्दा बढी भइ भारत तेस्रो ठूलो रक्षा खर्च भएको देश बन्न पुगेको हो ।

गएको तीन दशकमा २५९ प्रतिशतले यो खर्च बढेको हो भने गत दशक सन् २०१० मा ३७ प्रतिशतले बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाको आधुनिकीकरण गर्ने नाउँमा भारतलाई हातहतियारको आयात गर्ने देशहरूमा दोस्रो ठूलो देश बनाइदिएका छन् ।

मोदीले पूर्व र पश्चिमका देशहरूबाट सन्तुलितरूपमा हतियारको आयात गरेका छन् । भारतले रूस र अन्य पश्चिमा देशसँग हतियारको आपूर्ति गरिरहेको छ भने केही देशलाई निर्यात गर्न थालेको छ ।

आगामी पाँच वर्षमा ५ अर्ब अमेरिकी डलरको हतियार निर्यात गर्ने लक्ष्य लिएको छ । रूसको खर्च ६५.१ अर्ब अमेरिकी डलर बराबरको खर्च छ ।  गत दशकमा ३० प्रतिशतले बढेको छ ।

साउदी अरबको रक्षा खर्चमा १६ प्रतिशतले कमी भइ ६१.९ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । यसअघि साउदी अरबको रक्षा खर्च विश्वको तेस्रो ठूलो रहेको थियो ।

कोरोनाभाइरसको महामारीले ल्याएको आर्थिक संकटले आगामी दिनमा रक्षा खर्च तुलनात्मकरूपले धेरै ठाउँमा घट्ने अपेक्षा गरिएको छ। तर आगामी दिनमा रक्षा खर्च सबै भन्दा बढी गर्ने देशको यो शीर्ष पाँचमा परिवर्तन आउने सम्भावना भने नदेखिएको विज्ञहरूको भनाइ रहेको छ । २२ वैशाख २०७७