किम जोनको सन्देश 

किम जोनको सन्देश 

काठमाडौं, २२ वैशाख । डेमोक्रयाटिक पिपल अफ कोरिया (Democratice People's Republic of Korea)  का नेता तथा राष्ट्रपति किम जोनले पार्टीको नीति बनाउन र कार्यान्वयनको अपेक्षा पूरा गरेको भन्दै DPRK का सल्लाहकारलाई धन्यवाद ज्ञापन गरेका छन् । 

उनका सल्लाहकारहरुको उच्चस्तरिय भूमिका र जिम्मेवारी बोधले देश, जनता र मजदुरहरुको हौसला बढाइ राख्न मद्दत गरेको भन्दै आगामी दिनमा अझ बढी सफलता प्राप्त गर्न सल्लाहकारहरुलाई प्रोत्साहन दिन सन्देश दिएका छन् । उनको यो सन्देश मे १ को अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दिएको कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाली राष्ट्रपति किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका थिए । उनको स्वास्थ्य अवस्थाबारेमा अनेक अडकलबाजी र हल्ला चलिरहेको बेलामा उनी एक कारखानाको उद्घाटन समारोहमा रिवन काटेर सार्वजनिक भएका थिए ।