राहत वितरण गर्दा झडप, प्रहरीद्वारा हवाई फायर 

राहत वितरण गर्दा झडप, प्रहरीद्वारा हवाई फायर 

सिरहा, २२ वैशाख । राहत वितरणको क्रममा सिरहा नगरपालिका ७ फुलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । झडका क्रममा चार जना स्थानीयहरु घाइते भएका छन् ।

राहत वितरण भइरहेका बेला स्थानीयहरुले राहत लिनेको सूचीमा धनीको नाम समाबेश भएको भन्दै राहत वितरणमा अबरोध गर्न थालेपछि झडप भएको हो । 
    
झडपका क्रममा प्रहरीले भिडलाई तितरबितर पार्न तीन राउण्ड हवाई फायर र छ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा चार जना स्थानीयहरु समान्य घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको स्थानीय रामेश्वर यादवले जानकारी दिए ।
    
मिर्चैया नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समाबेश गरी राहत वितरण गर्न थालेकाले स्थानीयहरु बिरोधमा उत्रेको उनले बताए ।   

वडा अध्यक्ष यादवले आफनो मनोमानी ढंगले विपन्नहरुको नमावली सङ्कलन गरेर वितरण गर्न थालेपछि स्थानीयहरुले बिरोध गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको यादवको भनाइ थियो । 

यता वडाअध्यक्ष यादवले कुनै पूर्वाग्रही नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीति रुपमा विवाद सिर्जना गर्न खोजिएको बताए । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडाहरुमा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।